बाढीपीडितलाई बृहस्पति विद्यासदनको १ लाख सहयोग

प्रकाशित मिति: १ आश्विन २०७४, आईतवार

काठमाडौं, १ असोज । काठमाडौं बृहस्पति विद्यासदनले बाढी पीडितलाई १ लाख रुपैयाँ सहयोग गरेको छ ।

विद्यासदनले उक्त रकम प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेको हो ।

विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीको तलबबाट उक्त रकम जम्मा गरेर सहयोग गरेको सदनले जारी गरेको विज्ञप्ती जनाइएको छ ।

यसअघि यस सदनले बाढी पीडित विद्यार्थीका लागि खाद्यन्न, लत्ताकपडा प्रदान गरिएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट