५ महिनामा जन्मेका वाल्टर (तस्बिरसहित)

प्रकाशित मिति: १ आश्विन २०७४, आईतवार

एक परिपक्व शिशु यो संसारमा आउन ९ महिना लाग्ने हामी सबैलाई थाहा नै छ । आमाको पेटमा नौ महिना रहेर शिशुले जन्म लिने गर्छन् । जन्मिदा कतिपय शिशु स्वस्थ हुन्छन् भने कति रोगले ग्रस्त भएर जन्मिन्छन् ।

समयभन्दा पहिले पनि कतिपय शिशुले जन्म लिने गर्दछन् । त्यसमध्ये कोही बाँच्न सफल हुन्छन् भने कतिको मृत्यु हुने गर्दछ । यस्तै घटना भएको छ पेंसिलवेनियामा बस्ने ३० वर्षीया एलेक्स फ्रेट्जसँग । एलेक्सले मात्र १० हप्तामा आफ्नो तेस्रो बच्चालाई जन्म दिएकी थिइन् । छोरालाई जन्म दिएकी एलेक्सले उसको नाम वाल्टर जाशुआ फ्रेट्ज राखेकी थिइन् ।

तर, दुर्भाग्यवश वाल्टरको जन्मेको केही समयपछि नै मृत्यु भयो । १९ हप्तामा मात्र एलेक्सलाई प्रसव पीडा सुरु भएको थियो । उनलाई अस्पताल लगिदा डाक्टरले उनको सर्जरी गरी वाल्टरलाई बाहिर निकालेका थिए । समयभन्दा धेरै अघि जन्मेको वाल्टर हत्केलाभन्दा नी सानो थियो ।

उनका हात खुट्टा निकै नै साना थिए भने छाला निकै पातलो भएका कारण उनको मुटु धड्केको प्रष्टसँग देख्न सकिन्थ्यो । एलेक्सले आफ्नो सामाजिक संजालमा ५ महिनाका छोरा वाल्टरका तस्बिरहरु सार्वजनिक गरेपछि लाखौं मानिसहरुले उक्त तस्बिरहरु हेरेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट