कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, दुई जना घाइते

प्रकाशित मिति: १ आश्विन २०७४, आईतवार

धनुषा, १ असोज । गएराति धनुषाको नगराइन नगरपालिका–८ अकौरामा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा एमालेका दुई जना कार्यकर्ता घाइते भएका छन् ।

घाइते हुनेमा २१ वर्षीय एमाले कार्यकर्ता इन्द्रकुमार पासवान र ४३ वर्षका अविन्द्र पासवान रहेका छन् । घाइतेहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

चुनावका विषयलाई लिएर शनिबार राति करिब १२ बजेतिर दुई पक्षबीच विवाद भएको थियो । विवादले उग्ररुप लिएपछि झडप भएको हो । घाइतेमध्ये ईन्द्रदेव पासवानको अवस्था गम्भीर रहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट