रिपोर्टर नेपाल समाचार
पोखरा, ३० भदौ । आजदेखि बुद्ध एयरले पोखराबाट भरतपुर र भैरहवामा हवाई उडान शुरु गरेको छ । कम्पनीले आज बिहान १० बजे पोखराबाट भरतपुरका लागि पहिलो हवाई उडान र ११ः२२ बजे अर्को विमान पोखराबाट भैरहवाका लागि उडेको थियो ।
उडान आजदेखि नियमित हुने जनाएका स्टेशन म्यानेजर बरालका अनुसार १९ सिट क्षमताको बिमान पोखराबाट भरतपुर पुग्न १५ मिनेट र पोखराबाट भैरहवा पुग्न १७ मिनेट लाग्ने छ ।
पोखराबाट भरतपुर एकतर्फी नेपालीका लागि भाडा तीन हजार छसय रुपैयाँ र विदेशीका लागि ९२ डलर कायम गरिएको छ । त्यस्तै पोखराबाट भैरहवाका लागि नेपालीलाई चार हजार दुईसय रुपैयाँ र विदेशीका लागि ९७ डलर कायम गरिएको छ ।