गाउँपालिकाको बजेट करिब ३० करोड

प्रकाशित मिति: २९ भाद्र २०७४, बिहीबार

उदयपुर, २९ भदौ । जिल्लामा गत आइतबार बसेको गाउँपालिकाको पहिलो अधिवेशनले आव २०७४/०७५ का लागि गाउँपालिकाको विकासका विभिन्न शीर्षकको लागि २९ करोड ९९ लाख ५५ हजार सात सय ५६ रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्काले उदरपुर जिल्लाको पहाडी क्षेत्रको रौतामाई गाउँपालिकाको पहिलो गाउँपालिकाको अधिवेशनले आर्थिक तथा अन्य विकास संचालनका लागि करिब ३० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन् ।

नयाँ बजेटले स्थानीय रौतामाई पोखरीको संरक्षण, पर्यटन प्रवद्र्धन, ग्रामीण सडक निर्माण, विद्युत् विस्तार, कृषिसहितका शीर्षकमा बजेट विनियोजन गरेको कुरा सो गाउँपालिकाका उपाध्यक्ष कुमारी ठकुरीले जनाए ।

उदयपुरका स्थानीय तहहरु चार गाउँपालिका र चार नगरपालिकामध्ये त्रियुगा नगरपालिका, कटारी नगरपालिका र रौतामाई गाउँपालिकाको भने अधिवेशन, भेला तथा परिषद् कार्यक्रम सम्पन्न भइसकेको छ भने नगरपालिकामा चौदण्डी नगरपालिका, उदयपुरगढी, सुनकोशी र ताप्ली गाउँपालिकाको भने परिषद् हुन बाँकी रहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट