भारतको यमुना नदीमा डुंगा पल्टिदा २२ जनाको मृत्यु

प्रकाशित मिति: २९ भाद्र २०७४, बिहीबार

बागपत । भारतको उत्तर प्रदेशस्थित बागपत जिल्लामा बिहिबार बिहान यमुना नदीमा डुंगा पल्टिदा २२ जनाको मृत्यु भएको छ ।

किसान र मजदूरसहित ६० जना सवार रहेको उक्त डुंगा क्षमता भन्दा बढी यात्रु सवार रहेकाले पल्टिएको स्थानीय अधिकारीले बताएका छन् । डुंगामा सवार अधिकांश यात्रुहरु मजदूरी गर्नका लागि बागपतबाट हरियाणा गइरहेका थिए । बचाव र उद्धार कार्य जारी रहेको र अहिलेसम्म एक दर्जन भन्दा बढीलाई सुरक्षित नदीबाट निकालिएको जिल्ला प्रशासनले जनाएको छ ।

उक्त डुंगामा रहेका व्यक्तिहरुमा महिलाको संख्या बढी रहेको थियो । डुंगा यमुना नदीको बीचमा पुग्दा अचानक डुबेको थियो । प्रहरीका अनुसार १५ जना यात्रुको क्षमता भएको डुंगामा करिब ६० जना सवार थिए । मृतकहरुका परिवारलाई मुख्यमन्त्री योगी आदित्यनाथले २-२ लाख भारतीय रुपैयाँ दिने घोषणा गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट