काठमाडौंमा आजदेखि पाकिस्तानमा निर्मित सामग्रीको प्रदर्शनी सुरु

प्रकाशित मिति: २८ भाद्र २०७४, बुधबार

काठमाडौं, २८ भदौ । नेपाल र पाकिस्तानबीचको आपसी सम्बन्ध तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यसहित आजदेखि पाकिस्तानमा निर्मित विभिन्न सामग्री (मेड इन पाकिस्तान) को आठौँ संस्करणको प्रदर्शनी काठमाडौंमा सुरु भएको छ ।

त्रिपुरेश्वरस्थित ट्रेड सेन्टरमा सुरु भएको आठौँ संस्करणको प्रदर्शनीमा छालाका सामग्री, हस्तकलालगायतका सामग्री राखिएका छन् । उक्त प्रदर्शनीको शुभारम्भ वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मा र नेपालका लागि  पाकिस्तानका राजदूत मज्हर जावेदले गरेका थिए । प्रदर्शनीले नेपाल र पाकिस्तानबीच सुमधुर सम्बन्ध तथा जनस्तरको सम्बन्धलाई अझ विस्तार गर्न मद्दत मिल्ने मन्त्री विश्वकर्माले बताए ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन ९सार्क०को संस्थापन सदस्य देश रहेको पाकिस्तान र नेपालबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । लामो समयदेखि दुई देशबीचमा कूटनीतिक सम्बन्ध स्थापना भए पनि व्यापारमा क्षेत्रमा खासै प्रगति गर्न सकिएको भने छैन । विगत पाँच वर्षमा दुईदेशका बीचमा वार्षिक चार करोड ८० लाख डलर बराबरको व्यापार भएको एक तथ्याङ्कले देखाएको छ । नेपालले गत वर्ष करिब ४५ लाख डलर बराबरको सामान पाकिस्तान निर्यात गरेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट