इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार खारेज

प्रकाशित मिति: २८ भाद्र २०७४, बुधबार

काठमाडौं, २८ भदौ । नेपाल इन्भेष्टमेन्ट बैंकको भदौ २१ गतेको सेयर कारोबार खारेज भएको छ ।

नेपाल धितोपत्र बोर्डको निर्देशनपछि नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले बैंकले बोनस सेयर र नगद लाभांश सम्बन्धी गलत सूचना दिएर लगानीकर्तालाई झुक्याएको भन्दै भदौ २१ गतेको सेयर कारोबार रद्ध गर्ने निर्णय गरेको हो ।

बैंकले टाइपिष्टले भुल गरेको भन्दै केहि समयपछि नै १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश दिने स्पष्ट पारेको थियो ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट