गुणस्तरहीन निस्कियो फेमिली तेल, उत्पादन र बिक्रीमा प्रतिबन्ध

प्रकाशित मिति: २८ भाद्र २०७४, बुधबार

काठमाडौं, २८ भदौ । मंगलबार आपूर्ति व्यवस्था तथा उपभोक्ता संरक्षण विभागले फेमिली र साजन तोरीको तेल उत्पादन गर्ने शिव शक्ति उद्योगमा छापा मारेको छ ।

विभागका अनुसार अनुगमनका क्रममा अखाद्य तेल उत्पादन गरेर उद्योगले बजारमा बिक्री–वितरण गरेको भेटिएपछि उद्योगमा शिलबन्दी गरिएको हो ।

गत साउन महिनामा फेमिली तेलको स्याम्पल परिक्षण गर्दा प्यारेक्साईड भ्यालु १० हुनु पर्नेमा साढे ११ भेटिएपछि तेल गुणस्तरहीन भएको दावीसहित विभागका शाखा अधिकृत मोहनकुमार पुडासैनी नेतृत्वको अनुगमन टोली गोप्य रुपमा बारा गएको थियो ।

उनले गत चैतमा उत्पादन भएको तेल ६ महिनासम्म खान उपयुक्त हुने भए पनि चौथो महिनामा परीक्षण गर्ने क्रममा गुणस्तरहीन देखिएको बताए । हाल उद्योगलाई उत्पादन र बिक्रीमा रोक लगाउन निर्देशन दिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट