रोकियो तमोर लिफ्ट खानेपानी आयोजनाको काम

प्रकाशित मिति: २८ भाद्र २०७४, बुधबार

पाँचथर, भदौ २८ । देशकै नमूना खानेपानी आयोजनाको रुपमा २०७२ साल पुस १६ गतेबाट सुरु भएको पाँचथरको तमोर लिफ्ट खानेपानी आयोजनाको काम रोकिएको छ ।

मुहान विवादका कारण रोकिएको तमोर लिफ्ट आयोजना पाँचथरको कुम्मायक गाउँपालिकास्थित यासोक, रानीगाउँ र स्याबरुम्बा क्षेत्रमा खानेपानीको व्यवस्थापन गर्न काम थालिएको थियो । मुहानको विषयमा विवाद भएपछि अहिले आयोजना मूलको सम्पूर्ण काम स्थगित गरिएको र तत्काल निर्माणको काम अघि नबढ्ने जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख सुरतलाल चौधरीले जानकारी दिएका छन् ।

आयोजनाको ठेक्का प्रेरा स्वामी नारायण जेभी कम्पनीले पाएको थियो । कम्पनीले काम सुरु गरिसकेपछि लोरिपा दोभान मुहानका लागि अनुपयुक्त हुने देखिएका कारण ३ किलोमिटर तल लुमुघाटमा मूल सार्ने प्रस्ताव गर्दा विवाद उत्पन्न भएको बताइएको छ। ठेक्का लिएको कम्पनीले सुरुमा प्राविधिक र आर्थिक दुवै रुपले ठीक रहेको भन्दै तमोर नदीस्थित लोरिपा दोभानबाट पानी लिफ्ट गरेर ल्याउन काम सुरु गरेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट