झापामा एड्सका कारण मृत्यु हुनेको संख्या घट्दै

प्रकाशित मिति: २८ भाद्र २०७४, बुधबार

भद्रपुर, २८ भदौ । पछिल्लो समयमा एचआइभी एड्सका कारण झापामा मृत्यु हुनेको संख्या घट्दै गएको छ । खुल्ला नाका भएकाले सजिलै भारत जाने र नेपाल फर्कदा एचआईभी संक्रमित भएर आउनेहरुको संख्या अहिले घट्दै गएको छ ।

नाइट चेस क्लब अफ भद्रपुरको तथ्यांकअनुसार ३ वर्षमा १६ संक्रमितको मृत्यु भएको झापामा आव २०७३/७४ असार मसान्तसम्मको एक वर्षमा तीन संक्रमितको मात्र मृत्यु भएको छ । क्लबका परियोजना प्रमुख गोविन्द पौड्यालले मेची अञ्चल अस्पताललगायत विभिन्न अस्पतालमा प्राप्त सुविधायुक्त प्रविधि र उचित उपचार सेवाकै कारण संक्रमितबाट मृत्यु हुनेको संख्या घट्दै गएको बताए ।

क्लबका भद्रपुर इञ्चार्ज अशोक चौधरीकाअनुसार २०७४ साउन मसान्तसम्मको एक आवमा क्लबले ५ सय १० संक्रमितलाई ७ सय ४६ पटक सेवा प्रवाह गरेको थियो भने पछिल्लो ११ महिनामा ३९ पुरुष र ३५ महिलासमेत संक्रमित पत्ता लगाई आवश्यक उपचार सेवा प्रदान गरेको थियो । इञ्चार्ज चौधरीले ११ महिनाको अवधिमा क्लबले एक हजार ९ सय ६४ थान कण्डम वितरण गर्नुका साथै ६५ जना संक्रमितलाई चिकित्सा सेवा दिएको थियो ।

क्लबका कार्यक्रम संयोजक सोमराज ढकालले असुरक्षित यौन संसर्गकर्ता र लागुऔषध दुव्र्यसनी तथा मादक पदार्थको सेवनकर्ताकै कारण महिलाभन्दा पुरुषमा सो संख्या बढ्ने गरेको जानकारी दिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट