एजेन्सी
मुम्बई । बलिउड अभिनेता फरहान अख्त्तर र अभिनेत्री श्रद्धा कपूर एब अर्कालाई डेटिङ गरिरहेको खबर मिडियामा छाई रहेका बेला उनीहरुले आफू राम्रा साथी मात्र भएको बताउँदै आएका छन् ।
फरहान र अधुना भबानीको वर्ष २००० मा विवाह भएको थियो र उनीहरुको अप्रील २०१७ मा सम्बन्धविच्छेद भएको थियो । फरहान अधुनाबाट अलग भएपछि उनको र श्रद्धाको चर्चा चलेको हो ।
हालै बम्बे टाईम्ससँगको कुराकानीका दौरान फरहानलाई सिंगल हुनुको बारे सोधिएको थियो उनले अहिले आफू कुनै रिलेसनसिपका लागि तयार नभएको प्रतिक्रिया दिए । ‘मैले कुनै रिलेसनसिपका लागि गम्भीरतापूर्वक सोचेको छैन, जे हुनु छ त्यही नै हुनेछ, जे भनिएको छ ती सब त्यसकै भाग हुन्, तपाईहरुले पनि यसलाई अगाडि बढाउन सहयोग गर्नुपर्छ’ ‘फरहानले भने ।