आजदेखि अग्रीम टिकट बुकिङ खुल्ला

प्रकाशित मिति: २७ भाद्र २०७४, मंगलवार

काठमाडौं, भदौ २७ । दशैंका लागि घर जाने यात्रुहरुलाई मध्यनजर गर्दै आजदेखि अग्रीम टिकट बुकिङ सेवा खुल्ला गरिएको छ ।

यात्रुहरुले नयाँ बसपार्क, गौशाला, बालाजु, कोटेश्वर, कलंकीलगायतका स्थानबाट आजदेखि बसको टिकट लिन सक्ने यातायात व्यवसायीहरुले जानकारी दिएका छन् । दशैँ आफ्नै गाउँघरमा मनाउँनका लागि काठमाडौंबाट करिब २० देखि २५ लाख यात्रुहरु बाहिरिने अनुमान गरिएको छ । भदौ २२ देखि सरकारले टिकट बुकिङ खोल्ने निर्णय गरे पनि विभिन्न माग राखेका यातायात व्यवसायीले बुकिङ खोल्न अवरोध गरेका थिए ।

यातायात व्यवसायी र यातायातमन्त्री वीरबहादुर बलायरबीच गत शनिबार भएको वार्ताको सहमति अनुसार सार्वजनिक सवारीको वैज्ञानिक भाडादर समायोजनको प्रक्रिया अघि बढाउने आश्वासन दिएपछि आजबाट टिकट बुकिङ खुल्ला गरिएको हो । सरकारले ट्राफिक प्रहरीसँग सहकार्य गरी यात्रुहरुको सुरक्षार्थ नियमित अनुगन समेत गर्ने जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट