विशालटारमा यात्रुबाहक बस दुर्घटना,३१ जना घाइते

प्रकाशित मिति: २७ भाद्र २०७४, मंगलवार

धादिङ, २७ भदौ । आज बिहानै धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित विशालटारमा यात्रुबाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।

काठमाडौंबाट नवलपरासीको त्रिवेणी जाँदै गरेको लु २ ख ६६३० नंको यात्रुबाहक बस तीव्रगतिका कारण अनियन्त्रित भई सडकबाट १०० मिटर तल खसेर दुर्घटना भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले ४४ जना यात्रु लिएर हिँडेको बस मोडबाट तल खसेर दुर्घटना भएको जानकारी दिए ।

घाइतेहरुको मलेखु राजमार्गमा रहेको सामुदायिक अस्पतालमा उपचार भइरहेको र चारजनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौँस्थित वीर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट