राष्ट्रपतिलाई जीवित देवी कुमारीले गराइन् प्रसाद ग्रहण

प्रकाशित मिति: २६ भाद्र २०७४, सोमबार

काठमाडौं, २६ भदौ । आइतबार साँझ जीवित देवी कुमारीको हातबाट राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राको अन्तिम दिन प्रसाद ग्रहण गरेकी छन् । उनले राष्ट्रप्रमुखको हैसियतले बसन्तपुरस्थित कुमारी घरमा पुगी जीवित देवी कुमारीको हातबाट फूल, प्रसाद तथा टीका ग्रहण गरेकी हुन् ।

करिब एक सातासम्म चल्ने इन्द्रजात्रामा काठमाडौंका विभिन्न स्थानमा भिन्न तरिकाले लाखे नाचको प्रदर्शन गरिन्छ । काठमाडौं उपत्यकामा मनाइने पर्वमध्ये इन्द्रजात्रा ठूलो पर्व हो । राष्ट्रप्रमुख, सरकारप्रमुख तथा अन्य विशिष्ट व्यक्तिबाट कुमारीको दर्शनपश्चात गणेश, कुमारी र भैरवको रथयात्रा गरिन्छ ।

नेपालमा राष्ट्रप्रमुखले हरेक वर्ष इन्द्रजात्राको अन्तिम दिन मल्लकालदेखि नै जीवितदेवी कुमारीको दर्शन तथा प्रसाद ग्रहण गर्ने चलन रहिआएको छ । २० भदौबाट औपचारिक रूपमा सुरु भएको इन्द्रजात्राको आइतबार समापनका क्रममा हनुमानढोकामा ठड्याइएकोे लिङ्गो राति १०ः४५ बजेको साइतमा पूजाआजाका साथ ढालिएको थियो ।

भक्तपुरको चित्तपोलस्थित जंगलबाट ध्वजा फहराउन ल्याइएको रूख (लिङ्गो) लाई नेपाली सेना, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा उठाइएको थियो । लिङ्गो उठाउँदा जस्तै ढलाउँदा पनि विशेष बाजागाजासहित गुर्जु पल्टनले तोप पड्काउने चलन छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट