जनकपुरमा एक करोड शिवलिङ्गको पूजा गरिने

प्रकाशित मिति: २६ भाद्र २०७४, सोमबार

काठमाडौं, २६ भदौ । जनकपुरमा एक करोड शिवलिङ्गको पूजा श्री मानस तथा बोलबम परिवारले आयोजना गर्ने भएको छ । पूजामा नेपाल र भारतका भक्तजन सामेल हुने संस्थाका अध्यक्ष ललन ठाकुरले आइतबार आयोजित पत्रकार सम्मेलनमा जनकारी दिएका हुन् ।

सात सय पुजारीको व्यवस्था गरिएको उक्त पूजा यही कात्तिक २२ गते आयोजना हुने र पूजामा भाग लिन आउने भारतका अतिथिलाई खाने, सुत्ने व्यवस्था मिलाइएको साथै सरकारले सुरक्षाको व्यवस्था गर्ने जनाइएको छ । भारतबाट नेपाल आएका पुरोहित अभयकान्त मिश्रले विश्वमा शान्ति खलबलिएको र हिंसाका घटना बढ्दै गएका बेला नेपालमा आयोजना हुने एक करोड शिवलिङ्ग पूजा महत्वपूर्ण हुने बताएका छन् ।

त्यस्तै अध्यक्ष ललन ठाकुरले पूजामा ११ दिनको कठोर यात्रा गरी नेपालका १० हजार तथा भारतका आठ हजार भक्तजनको उपस्थिति रहने छन् ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट