अस्ट्रेलियाको ला ट्रोब विश्वविद्यालयले नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने

प्रकाशित मिति: २५ भाद्र २०७४, आईतवार

काठमाडौं, २५ भदौ । जेहेन्दार नेपाली विद्यार्थीलाई स्नातक र स्नातकोत्तर तहमा अध्ययनका लागि अस्ट्रेलियाको ला ट्रोब विश्वविद्यालयले छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । उक्त विश्वविद्यालयमा हाल १५० नेपाली विद्यार्थी अध्ययनरत छन् ।

अन्तर्राष्ट्रियस्तरको शिक्षाका लागि नेपाली विद्यार्थी विश्वका विभिन्न मुलुकमा जाने गरेकाले केही हदसम्म भए पनि उनीहरुको आवश्यकता पूरा गर्न विश्वविद्यालयले छात्रवृत्ति दिने निर्णय गरेको विश्वविद्यालयका प्रा पल माथरले बताए ।

नेपाली विद्यार्थीलाई १५ देखि २५ प्रतिशतसम्म शैक्षिक शूल्कमा उक्त विश्वविद्यालयले छात्रवृत्ति दिने आज गरिएको पत्रकार सम्मेलनमा बताइएको छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट