बंगलादेश बैंकको सीईओमा पुनः ढुंगाना, बैंकले १६ प्रतिशत लाभांश दिँदै

प्रकाशित मिति: २५ भाद्र २०७४, आईतवार

काठमाडौं, २५ भदौ  । नेपाल बंगलादेश बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा ज्ञानेन्द्रप्रसाद ढुंगाना नियुक्त भएका छन् । ढुंगाना सो बैंकको सीईओमा पुनः नियुक्त भएका हुन् । भदौ २४ गते बसेको बैंकको संचालक समिति बैठकले ढुंगानालाई पुनः ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

त्यस्तै, गत आर्थिक वर्षको मुनाफाबाट नेपाल बंगलादेश बैंकले लगानीकर्तालाई १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि तीन दशमलव ७९ प्रतिशत नगद लाभांश दिने भएको छ । भदौ २४ गते बसेको संचालक समितिको ३०९औँ बैठकले गरेको प्रस्तावअनुसार बैंकले झण्डै १६ प्रतिशत लाभांश दिने भएको हो ।

बैंकको संचालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ । नेपाल बङ्गलादेश बैंकले आर्थिक वर्ष २०७३/७४ को चौथोे त्रैमास सम्ममा आईपुग्दा खुद मुनाफा एक अर्ब २० करोड रुपैयाँ कमाएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट