चुनावी आमसभाका लागि प्रधानमन्त्री देउवा मधेस जाने

प्रकाशित मिति: २५ भाद्र २०७४, आईतवार

काठमाडौं, २५ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा तेस्रो चरणको स्थानीय तह निर्वाचनको प्रचारप्रसारका लागि मधेस जाने भएका छन् ।

मधेसका विभिन्न जिल्लाहरुमा मंगलबारदेखि शुक्रबारसम्म चुनावी प्रचारका लागि आयोजना गरिएका कार्यक्रमहरुमा सहभागी हुन प्रधानमन्त्री देउवा त्यसतर्फ जान लागेका हुन् ।

मधेसका १ सयभन्दा धेरै स्थानीय तह जित्ने लक्ष्य लिएको कांग्रेसले मधेसको निर्वाचनमा प्रधानमन्त्रीसँगै पार्टी मन्त्री र शीर्ष नेताहरु पनि सहभागिता रहने कांग्रेसले जनाएको छ ।

प्रधानमन्त्री देउवालगायत कांग्रेसका शीर्ष नेताहरुले २८ भदौदेखि ३० भदौसम्म धनुषाको जनकपुर, महोत्तरीको बर्दिवास, सर्लाहीको मलंगवा, रौतहटको गौर, बाराको कलैया र पर्साको वीरगंजमा आयोजना गरिएका चुनावी आमसभामा भाग लिने बताइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट