नेप्सेको सिईओका लागि पाँचजना छनौट

प्रकाशित मिति: २३ भाद्र २०७४, शुक्रबार

काठमाडौं, भदौ २३ । रिक्त रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत(सिईओ)को लागि १३ जनाको दरखास्त परेकोमा ५ जना छनौटमा परेका छन् ।

सीईओ नियुक्तिका लागि सिफारिश गर्न गठित समितिले ज्योति विकास बैंकका डेपुटी सिइओ मनोज ज्ञवाली, नेपाल इन्स्योरेन्सका महाप्रबन्धक चन्द्रसिंह साउद, नेपाल स्टक एक्सचेन्जकै कर्मचारी प्रविन पन्दाक, नेपाल स्टक एक्सचेन्जका पूर्वमहाप्रबन्धक सीताराम थपलिया र प्रमोदराज शर्मालाई अन्तर्वार्ताका लागि छनौट गरेको हो ।

यस्तै, नेप्सेको सिईओ बन्न आवेदन दिनेमा महाप्रबन्धकबाट हालै अवकास पाएका सिताराम थपिलिया, ज्योति विकास बैंकका डेपुटी सिईओ मनोज ज्ञवालीसहित चन्द्रसिंह साउद, प्रमोदराज शर्मा, भोला पाण्डे, प्रविन पन्दाक, सरोज टण्डन, तारानाथ भट्टराई, सुशीलकुमार अर्याल, श्रीप्रसाद पौडेल, नरेन्द्रकुमार अग्रवाल, हेमन्त बस्याल र निरन्जल फूयाल रहेका थिए ।

अर्थमन्त्रालयले छनौटमा परेका पाँचै जनालाई आफ्नो व्यवसायिक योजना र कार्ययोजना प्रस्तुत गर्न भनेको छ । यसभन्दा पहिला सबै दावेदारमा रहेका उम्मेदवारहरुले आफ्नो व्यवसायिक योजना पेश गरेको आधारमा पाँच जनालाई छनौट गरिएको बुझिएको छ । अबको व्यवसायिक कार्ययोजनाको प्रस्तुतिकरणबाट तीन जना छनौटमा पर्ने छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट