क्लासिक टेकद्वारा इन्टरनेटमा छुटको अफर

प्रकाशित मिति: २३ भाद्र २०७४, शुक्रबार

काठमाडौं, भदौ २३ । इन्टरनेट सेवा प्रदायक क्लासिक टेक प्रालिले चाडवाड लक्षित गरी छुटको अफर ल्याएकोे छ । क्लासिक टेकले ‘फाइबर टु द होम’ इन्टरनेट सेवाको माध्यमबाट ग्राहकलाई तीव्र गतिको इन्टरनेट सेवा उपलब्ध गराउने जनाएको छ ।

हाल कम्पनीले घरायसी प्रयोजनका लागि सय एमबीपीएस सेवा बजारमा ल्याएको छ । जसमध्ये वार्षिक ग्राहकलाई ६ एमबीपीएस नौसय १६ प्रतिमहिना, १५ एम बीपीएस एक हजार ४२ प्रतिमहिना, ३० एमबीपीएस बाह्र सय आठ प्रतिमहिना, ६० एमबीपीएस पन्ध्र सय २५ प्रतिमहिना र सय एमबीपीएस अनलिमिटेड उनन्तीस सय १६ रुपैयाँमा प्रतिमहिनामाको दरमा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

यो अफर नेपालभरका विभिन्न १६ वटै शाखामा लागू हुने भन्दै सुपरफास्ट इन्टरनेटसँगै डिस होमको खरिदमा भारी छुटको अफर समेत ल्याएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट