इस्लाममा छैन चार विवाहको आदेश

प्रकाशित मिति: २३ भाद्र २०७४, शुक्रबार

‘सोना जाने कसे , पडोसी जाने बसे’ यसको अनुवाद ‘सुन थाहा हुन्छ कसी लाएपछि छिमेकी थाहा हुन्छ सँगैबसे पछि’ । त्यस कारण इस्लामको सही जानकारी गहिराइमा गएर अध्ययन गरेपछि मात्र थाहा हुन्छ । यहाँ पढ्नुहोस् बहुविवाहबारे समाजमा विद्ममान सोच र इस्लामको यथार्तता फरक छ ।

आज समाजमा इस्लाम र बहुविवाहलाई जोडेर जुन शब्दजालको खेल खेलिदै छ नितान्त आफ्ना स्वार्थ पूरा गर्न त्यो बन्द हुनु जरुरी छ भनी सम्बन्धित समुदाय र सरोकारवालाहरुको ध्यानाकर्षण गराउन चाहन्छु । इस्लाममा हुकुम अर्थात आदेश भनिएका कार्यहरु गर्नै पर्ने हुन्छ अन्यथा पापको भागिदार हुन्छ ।

हुन् त हरेक समुदायमा बहुविवाहको प्रचलन छ । नैतिक वा अनैतिक रुपमा बहुविवाह गर्नबाट कुनै समुदाय चोखो छैन् । कारण र रीति साझा वा फरक भए बहुविवाहको यो क्यान्सर हरेक समाजमा फैलिएको छ । धेरै जसोमा यो भ्रम फैलिसकेको छ कि मुस्लिम समुदायमा चार वटा विवाह गर्ने धार्मिक अधिकार छ । साथै मुस्लिम समुदायमा यो अधिकार अनुसार हरेक पुरुषले एक भन्दा बढी पत्नीसँग बस्न पाउनुपर्छ भनी सोच छ चाहे ऊ क्षमता राखोस् वा नराखोस् ।

तर, म प्रमाणित गर्न तयार छु कि मुस्लिम समुदायमा बहुविवाहको हुकुम अर्थात आदेश छैन् । यदि कसैले यस्तो गरेमा इस्लामको नजरमा ऊ अपराधी हो । जुन कुरा विस्तृत रुपले अगाडि पढ्न सक्नु हुनेछ । इस्लाममा बहुविवाह अनिवार्य नभए तर पनि आज हाम्रो समुदायमा यो बहुविवाहको प्रचलन बढ्दै छ । क्षमता नहुँदा पनि एउटा पत्नी हुँदाहुँदै अर्को विवाह गर्नेहरु धेरै छन् । एउटै पत्नी त्यसबाट जन्मिएका सन्तानको जिम्मेवारी बहन गर्न नक्नेहरु उनीहरुलाई सुखी राख्न सक्ने क्षमता नहुदा पनि यस्ता अनैतिक कार्य खास गरी झूट बोलेर वा ढाटेर दोस्रो विवाह गर्छन् । जसका कारण आज धेरै महिलाहरु घरेलुहिंसाका सिकार छन् ।

अर्को शब्दमा भन्दा बहु विवाह गर्ने क्षमता (इस्तेताअत) नहुँदा पनि बहुविवाह गर्ने प्रचलन बढेको छ । पत्नीको मन्जूरी बिना नै वा तलाक दिने धम्की र दबाबमा भए पनि मन्जूरी लिई अर्को विवाह गरी आफ्ना स्वार्थ पूरा गर्नेहरुको कमी छैन् यो समाजमा । धेरै जसोले यो सोच राखी एक भन्दा बढी विवाह गरेको पाईन्छ कि इस्लामले चार वटा विवाह गर्न सक्ने अधिकार नै दिएको छ । जबकि यो अनुमति मात्र हो र यो अनुमति सबै परिस्थितिमा लागू हुँदैन् । इस्लामले जहाँ एक भन्दा बढी विवाह गर्ने अनुमति मात्र दिएको छ त्यही सबैमा समान न्याय गर्ने ताकीद (बाध्यकारी आदेश) पनि दिएको छ ।

इस्लामले बहुविवाह गर्ने अनुमति समाजका समस्या र विकृतिलाई रोक्न भनि दियो । यो अनुमति त्यतिबेला खास गरी पालना गर्न भनियो जब चौदह सय वर्ष अघि युद्धमा धेरै मानिसहरु शहीद भएका थिए, घरमा विधवा महिला र अनाथ बच्चाहरु मात्र थिए । ती विधवा महिला र अनाथ बच्चाहरुलाई संरक्षण, सुरक्षा र तिनका जीविकोपार्जनमा सहजता होस् भनी अनुमति दिईयो । त्यो पनि सबैलाई कर गरी होईन् , जससँग एक भन्दा बढी पत्नी र बच्चाहरुलाई सिहार गर्ने क्षमता र हैसियत थियो । साथै महिलालाई पनि कर गरिएको थिएन् । जसलाई आफू विकृतितिर न लागि आफ्नो जीविकोपार्जन गर्न सक्ने क्षमता थियो । उनीहरुलाई कुनै किसिमको दबाब दिईएको थिएन् । अर्थात यो अनुमति महिला र बच्चाहरुलाई संरक्षण दिलाउन त्यति खेर दिईयो नकि समस्या र विकृति उत्पन्न गर्न ।

आज समुदायमा हेर्ने हो भने,  रिक्सा चलाउनेले पनि बहुविवाह गरेको पाईन्छ । तरकारीको ठेला लगाउनेले दुईटी पत्नी राखेकै छन् ।अर्काको घरमा कामदार भएकाहरुले पनि बहुविवाह गरेको पाईन्छ । अब अशिक्षाका कारण यस्तो गर्छन् भनौ भने शिक्षकले समेत बहु विवाह गरेकै पाईन्छ । (अन्यथा न लाग्ने , कारण साझा भए संयोग मात्र हुनेछ) अथार्त भनाई के हो भने क्षमता न हुँदा र इस्लामले भनेका कारण न भए पनि बहु विवाह गरेको पाईन्छ ।

अरु कुरामा यस्ता व्यक्तिहरु हवाला (प्रमाण) खोज्ने र पालना समेत गर्ने गर्छन् । तर बहुविवाहको सन्दर्भमा आफ्ना व्यक्तिगत स्वार्थका कुरा आउँदा किन बिर्सिने कि जबकि हदीश शरीफमा साफ लेखिएको कि यदि तिमी सक्षम छैनौं विवाह पश्चातका जिम्मेवारीहरु बहन गर्न भने एउटा निकाह (विवाह) पनि नगर र रोजा (व्रत) राखेर आफ्ना इच्छालाई मार
किन यी कुरालाई दर्शाउन चाहन्न् धार्मिक तथा सामाजिक अगुवा आखिर हदीशले भनेका कुरा समेत मान्न तयार नहुने कस्तो सोच र मनस्थिति ।

आज हाम्रो समाजमा बहुविवाह हुने र गर्ने धेरै कारणहरु छन् जसमध्ये केही प्रमुख कारण यी हुन् बहुविवाह हुने ।
.पत्नी मन नपरेमा,
. सन्तान न जन्मिएमा वा छोरी मात्र जन्मिएमा,
. आफूलाई दोस्रो विवाह गर्न मन लागेमा,
. प्रमुख कारण चाहिँ सम्पत्ति बढी भएमा ।

बहुविवाहका कारण समाजमा धेरै घरेलुहिंसाका घटनाहरु बढी रहेका छन् । त्यस कारण बहु विवाह रोक्नुपर्छ र रोक्न सक्ने केही सरल उपाय यी हुन् ।
. स्थानीय विवाह समिति गठन गर्ने ।
. विवाह गर्न आउनेको पहिचान पत्र हेरी पुष्टि गर्ने ।
. आउने व्यक्ति स्थानीय वा बाहिरको भए सम्बन्धित ठाउँमा विवाह भइसकेको वा नभएको भनी पत्ता लगाउने ।
. मस्जिदमा नै विवाह गर्न आउने कारण सोध्ने ।

यो कुरा सबले बुझ्न जरुरी छ कि इस्लाममा बहुविवाह एक अनुमति मात्र हो, फर्ज (अनिवार्य) वा पालना गर्नै पर्ने बाध्यकारी आदेश होईन् ।

इस्लाम धर्मावलम्बीहरूले ईस्लाममा गर्ने कामहरुमा पनि स्तरीकरण गरिएको छ ।
. फर्ज  (छोड्न नै नहुने ) छोडे भने पुण्य प्राप्ती त परको कुरा उल्टा गुनाहगार पापको भागीदारी हुने । जसमा नमाज पढ्नु रोजा बस्नु , शिक्षा हासिल गर्नु गराउनु आदि फर्ज अर्थात अनिवार्य छ।
. सु्न्नत (न छोड्दा नै बेस) छोडे भने पुण्य पाइदैन् । बालिग छोराछोरीको समयमा विवाह गर्नु, बच्चाहरुलाई असल बनाउनु, छिमेकीका समस्यामा साथ दिनु, बिरामीको अयादत गर्नु (भलाकुसारी गर्नु) आदि ।
. वाजिब (छोड्न न हुने)  छोडे भने पुण्यमा कमी हुने छ । (हैसियत भएर पनि नगरेमा) हज , जकात ,खैरात , कुर्बानी र वित्र नमाज आदि
. इजाजत (अनुमति०) मात्र नगरे नि फरक न पर्ने कुरा जसमा ४ वटा निकाह अर्थात विवाह गर्ने अनुमति आउछ ।

अब क्रमशः कुरा जोड्दै जादाँ समुदायमा के भईरहेको छ हेर्नुस् ।

फर्जको कुराहरु गरौं त :
-नमाजको कुरा गरौं त कोही पढेका छन् कोही छाडेका छन् कोही कोही त शुक्रबार जुमा पढेर सब थोक फाडे भन्ने नि कम छैनन् ।
-रोजाको कुरा गरौं त रमजान शरीफमा नि पान चपाएर मज्जाले हिड्छन् । त्यति बेला इस्लाम याद आउँदैन् ।
-बच्चाहरुलाई शिक्षा दिलाउने कुरा आए पैसा नै हुदैन् रे ।

सुन्नतका कुराहरु
-बालिग हुन नपाउँदै बाल विवाह गरी पठाउने प्रचलनमा कसैलाई इस्लाम याद आउँदैन् कि हाम्रा नबी पाकको विवाह द्दछ वर्षको उमेरमा भएको थियो ।
-बच्चाहरु जन्माएछ उनीहरु असल बाटोमा छन् छैनन्खबर छैन् ।
-छिमेकी पीडाले बेहाल भइ छटपटिए नि मलाई के मतलब भन्नेको पनि कमी छैन् त्यति बेला पनि इस्लाम याद आउँदैन् ।
-बिरामीलाई हेर्न जाने फुर्सद त कसैलाई हुँदैन् आफ्नै यति काम हुन्छन् कहा हुनु । यति बेला इस्लाम याद आयो आएन् ।

वाजिबका कुराहरु (हैसियत भएकाहरु)
-हज जाने कुरामा छोराछोरीका लागि कमाउनु छ धेरै जिम्मेवारीहरु छन् पूरा गरी बुढेसकालमा जाउँला भन्नेहरुको कमी छैन् । वाजिबको अर्थ थाहा हुँदाहुँदै ढिलाइ गर्ने गर्छन्

-जकातको कुरा आए जग्गा किन्नेहरुको कमी छैन् किन कि जग्गाको जकात दिनु पर्दैन् ।
-खैरातको कुरा गरौं त भिक्षा माग्ने अलि हट्टाकट्टा देखे भने यत्रा जिउ लिइ कमाएर खान सक्दैनौ भनी चार कुरा सुनाउनेको कमी कहा होला । जबकि भनिएको छ दाताको नाममा माग्ने हरुसँग सवाल नगर हैसियत भए देऊ छैन् भने खामोश बस कुनै कमेन्ट नगर,
-कसैले दिए भने पनि पुरानो आफूलाई मन नपरेका वा बासी सामान दिने गर्छन् । जबकि इस्लामले भनेको छ भिक्षा दिदाँ तिमले मन नपरेका वा बासी खान नदिनु भनी हदीश नै छ । के यति बेला आयो त याद इस्लाम, आएन ।

-कुर्बानीको कुरा गरौं भने यो नितान्त पूण्यको नियतले गर भनी आदेश छ तर सेखीखोरी र प्रतिस्पर्धा नै हुने गर्छ के यही हो त इस्लामले भनेको अब पनि आएन इस्लामको याद ।
-वित्र नमाजको मात्र कुरा नै के जब फर्ज नमाज छाडेर नदामत(अफसोच) हुने कोही छैन्। यति बेला पनि आउँदैन् इस्लामको याद ।

हो इस्लाम पनि याद आउँछ शरीअत पनि अनि मुल्लाहरु पनि के कम गर्न गराउन साथ दिन थाहा छ त्यो शरीअत को कुन कुरा हो । पढ्नुस् त्यो शरीअत हो । अनुमति मात्र, इस्लामले दिएको अनुमति मात्र हो, न गरे गुनाह (पाप) हुँदैन् हो त्यही कुरा हो बहुविवाह । जसको कुरा मात्र चले समाजमा हलचल भइहाल्छ । अरे यो त इस्लामले पुरुष भनाउदाहरुलाई दिएको इजाजत हो यसमा कहा रोक लगाउन पाइन्छ ।

हेर्नुस् कस्तो भ्रममा छ समाज जुन कुरा फर्ज छ छाडे गुनाहगार (पापको भागीदार) हुने त्यो बेला इस्लाम र शरीअत न सम्झिने जसको अनुमति मात्र छ नगरे कुनै दण्ड सजाय छैन् त्यो अनुमति यस कारण कि समाजमा विकृति नफैलियोस् भनि अर्थात एउटा राम्रो उद्देश्यका लागि छ । त्यसमा समाजको सोच र आँखा खुल्ला छन् । अलि कति कुरा मात्र उठाइयो कि हलचल मच्चिहाल्छ । यस्तो लाग्छ संसार हल्लियो ।

बहुविवाहको दुष्परिणामबाट समाजमा आज हजारौं महिला र उनीहरुसँग रहेका बच्चाहरुको धेरै दुर्गति छ । उनीहरुको विचल्ली छ, न घर छ, न खाना बस्न ठेगान, कष्टपूर्ण जीवन व्यतित गर्न बाध्य छन् उनीहरु । कसले सोच्ने ती असहाय महिला र बच्चाहरुको बारेमा, कसले उठाउने तिनका पीडाका बोझ । कहा लेखेछ इस्लामले कि एक महिला र उसका बच्चाहरुको भविष्यसँग खिल्वाड गर भनेर रु कहा लेखे छ तिनलाई कष्टकर जीवन दान दिई आफु मोज गर भनी रुशायद कसैले यसको जवाफ दिन सक्दैन् ।

इस्लाम धर्मावलम्बीहरु अन्तिम ईशदूतका फॉलोअर हुन् । सबैले बुखारी शरीफ, मुस्लिम शरीफ, अदुदाउद , तिर्मिज़ी जस्ता हदीश शरीफलाई अनुसरण गर्नछन् । यी हदीशमा भनिएका भनाइ कसैले नकार्न र अस्वीकार गर्न सक्दैन् । यही हदिशका उत्कृट किताब बुखारी शरीफ, मुस्लिम शरीफ, अबुदाउद र तिर्मिज़ी आदिमा लेखिएको छ कि ‘ऐ नवजवानों तुम में जो कोई निकाह कि इस्तिताअत रखता है वो निकाह करे ये अजनबी औरत की तरफ निगाह करने से रोकने वाला है और अपनी शर्मगाह की हिफाजत करने वाला है जिस में निकाह की इस्तिताअत नही वो रोजे रखे क्यों कि रोजा इस से दूर रखता है’ अर्थात नेपाली अनुवाद : ‘ऐ नवजवानहरु तिमीमध्ये जसँग क्षमता छ उसले विवाह ग,र किनभने यसले परनारी माथि आँखा जानबाट बचाउँछ र आफ्ना गुप्तांगहरुको सुरक्षा गर्छ । जो सँग क्षमता छैन् उसले विवाह नगरी वर्त बस् किन भने वर्तले विकृतिबाट बचाउँछ’ ।

कुनै पनि इस्लाम धर्मावलम्बीहरुले यी कुरालाई नकार्न नै सक्दैन् किनभने यो हदीशमा लेखिएको छ कि क्षमता न भए एक विवाह पनि नगर ।” अब कुरानपाकको कुरा गरौं भने स्पष्ट लेखिएको छ । तिमी बहुविवाह गर यो लेखिएको छैन् कि गर्नै पर्छ अथवा अनिवार्य छ बहुविवाह नगरे पाप लाग्छ भन्ने कुरा लेखिएको छैन् । यदि बहुविवाह गर्नुपर्ने अवस्था आएमा पत्नीहरु बीच एक कपाल बराबर पनि अन्याय न होस् । मलाई लाग्दैन् नेपाल त परै जाओस् संसार मै कोही महापुरुष यस्तो छैन् अहिले जसले बहु पत्नीहरुबीच पूर्ण न्याय गर्न सकोस्।

अर्थात भनाइको अर्थ यो छ कि बहुविवाह गर्नु त परै एक विवाह गर्न पनि रोक लगाएछ किन रु किनकि इस्लामले महिलालाई अव्वल दर्जा दिएको छ । नकि बहुविवाहका कारण दुविधा , समस्या तथा कष्टकरमा बाच्न बाध्य गराउन भनी ।

त्यस कारण बहुविवाह इस्लाममा अनिवार्य होईन् तसर्थ शरीअतको गलत व्याख्या र प्रयोजन न गर्न भनी सादर अनुरोध छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट