लालमटियामा कृषि भण्डार गृहको निर्माण

प्रकाशित मिति: २२ भाद्र २०७४, बिहीबार

दाङ, भदौ २२ । दाङको राप्ती गाउँपालिका–२ लालमटियामा बुधबार नवनिर्मित कृषि भण्डार गृहको उद्घाटन गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले गरे । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोनको आर्थिक सहयोग तथा इच्छुक स्मृति कृषि सहकारी संस्थाको पहलमा उक्त कृषि भण्डार गृहको निर्माण भएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोनको २६ लाख ४१ हजार र चार लाख ७८ हजार रुपैयाँ बराबरको जनश्रमदानबाट उक्त कृषि भण्डार गृह निर्माण भएको हो ।

सुपरजोन, लालमटियाका अध्यक्ष हुकुमबहादुर बस्नेतका अनुसार नवनिर्मित कृषि भण्डार गृहबाट अब किसानको खाद्यान्न तथा बिउबिजन भण्डारण तथा बिक्री गर्ने, प्रजनन बिउ र मूल बिउ उपलब्ध गराउने, कृषि औजार सुपथ मूल्यमा उपलब्ध गराउने, मलखाद वितरण गर्ने र प्राविधिक सेवासमेत दिइने छ ।

उक्त कृषि भण्डार गृह निर्माणले किसानलाई खाद्यान्न बिक्री तथा बिउबिजन, कृषि औजार र मलखादका लागि बजार धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट