गण्डकी बैंकले २५ प्रतिशत हकप्रद सेयर जारी गर्दै

प्रकाशित मिति: २२ भाद्र २०७४, बिहीबार

काठमाडौं, भदौ २२ । गण्डकी विकास बैंकले हाल कायम रहेको चुक्ता पूँजीको २५ प्रतिशत अर्थात चार कित्ता बराबर १ कित्ताको अनुपातमा हकप्रद सेयर जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गरेको छ ।

उक्त हकप्रद सेयरपश्चात बैंकको चुक्ता पूँजी दुई अर्ब ३० करोड पुग्नेछ । नेपाल राष्ट्र बैंकले तोकेबमोजिम नपुग बाँकी चुक्तापूँजी आव ०७३/७४ सम्मको संचित मुनाफाबाट बोनश सेयर जारी गरी पु¥याउने बैंकले जनाएको छ ।

आव ०७३/७४ सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले हाल कायम रहेको चुक्ता पूँजीको २३ प्रतिशत सम्म बोनश सेयर जारी गर्न सक्नेछ ।

बैंकले आव २०७३/७४ मा संचालन मुनाफा ८५ करोड आर्जन गर्न सफल भएको थियो भने सोही अवधिसम्म निक्षेप १८ अर्ब ३३ करोड, कर्जा तर्फ १६ अर्ब ५१ करोड पु¥याएको छ । बैंकको निष्कृय कर्जा ०.४ प्रतिशत रहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट