ब्युटिसियन डिभा-२०१७ को अन्तिम तयारी

प्रकाशित मिति: २१ भाद्र २०७४, बुधबार

काठमाडौं । ब्युटिसियनहरुमा भएको कला र सिप प्रस्फुटन गराउने उद्देश्यले सञ्चालन भइरहेको ब्युटिसियन डिभा २०१७ को चौथों संस्करणको तयारी कुपण्डोल स्थित सनराइज क्याफेमा भइरहेको छ । काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, धरान, बिराटनगरलगायतका ठाउँबाट प्रतिस्पर्धीहरुले आवेदन फराम भरी उत्कृष्ट १३ जना फाइनलका लागि छनौट भएका थिए ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजना हुने अन्तिम प्रतिस्पर्धा लागि छनोट भएका प्रतियोगीलाई कोरियोग्राफी रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका फाउन्डर डिरेक्टर राज फैजुले प्रशिक्षण दिइरहेका छन् । कार्यक्रममा व्यक्तित्व विकास, उद्घोषण, व्युटिसियन पेशाका आधुनिक तालिम आदिका बारेमा प्रतियोगीहरुले प्रशिक्षण लिइरहेका छन्। प्रतियोगीता अन्तर्गतको फोटोसुट ग्लामरस आइकन नेपालबाट सम्पन्न भइसकेको छ, जसबाट मिस फोटोजेनिक, पर्सनालिटी र स्माइल अवार्डको छनौट गरिने छ ।

आयोजक र प्रतियोगीहरुको तर्फबाट गोलढुङ्गा स्थित मेरी गोल्ड अनाथालयमा विभिन्न सामाग्रीका साथै खानेकुरा पनि वितरण गरिएको थियो । उक्त कार्यक्रमका विजेताहरुलाई विभिन्न विज्ञापनहरुमा अवसरका साथै विभिन्न संस्थाका छात्रवृत्ति प्रदान गरिने रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका कार्यकारी निर्देशक श्रीषा बैदार फैजुले जानकारी दिएका छन् । अहिले प्रतिस्पर्धीहरु ग्राण्ड फिनालेका लागि व्यस्त छन्, कार्यक्रमको फाइनल २३ भाद्रमा राष्ट्रिय नाचघर जमलमा हुँदैछ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट