उपत्यकाका १२ स्थानमा ‘यात्रु सहायता कक्ष’ संचालन हुँदै

प्रकाशित मिति: २१ भाद्र २०७४, बुधबार

काठमाडौं, भदौ २१ । सरकारले दशैँमा घर जान लामो तथा मझौला दूरीका यात्राका लागि २२ भदौदेखि अग्रिम टिकट बुकिङ खुला गरेसँगै चाडपर्वलाई लक्षित गरी महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल प्रहरी, यातायात व्यवसायी तथा नागरिक समाजको संयुक्त सहभागितामा उपत्यकाको १२ स्थानमा यात्रु सहायता कक्ष संचालन गर्न लागेका छन् ।

उपत्यकाको नागढुंगा, कलंकी, स्वयम्भू, नयाँ बसपार्क, पुरानो बसपार्क, सुन्धारा, चावहिल, तिलगंगा, कोटेश्वर, जगाती, लगनखेल र बल्खुमा यात्रु सहायता कक्ष संचालन गरिन लागिएको हो ।

महाशाखाका प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालका अनुसार यात्रुको सहजताका लागि ट्राफिक प्रहरी, जनपथ प्रहरी, यातायात व्यवसायी तथा नागरिक समाजका प्रतिनिधि रहने गरी यात्रु सहायता कक्ष स्थापना गर्न लागिएको हो । उनले बसको क्षमताभन्दा बढी यात्रु राख्ने, यात्रुलाई गन्तव्यसम्म नपु¥याई बीच बाटोमा अलपत्र पारेर छाड्ने, बढी भाडा लिने, टिकट कालोबजारी गर्नेलगायतका कार्य गरेमा कारवाही गरिने बताए ।

उता यातायात व्यवसायीले भने सामान लैजानका लागि छतको व्यवस्था हुनुपर्ने र सवारीसाधन गुड्नका लागि बाटो राम्रो बनाउन सरकारलाई पटकपटक आग्रह गरेका छन् । त्यस्तै, चाडवाडमा घर जाने यात्रुको सामान धेरै हुने र राख्ने ठाउँ नहुँदा यातायात संचालन गर्न समस्या हुने यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताएका छन् ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट