पाँचथरमा ९२ व्यवसायिक पशुपंक्षी फर्महरु सञ्चालनमा

प्रकाशित मिति: २१ भाद्र २०७४, बुधबार

विपुल अधिकारी

पाँचथर, २१ भदौ । जिल्लामा हालसम्म ९२ वटा व्यवयायिक पशुपंक्षी फर्महरु दर्ता भएका छन् । स्थापित फर्महरुमध्ये कति सञ्चालनमा छन् भन्ने तथ्याङ्क भने यकिन छैन् ।

पाँचथरमा गाईपालन फर्म ११ वटा सञ्चालनमा छन्, जसमध्ये २ वटा गत आर्थिक वर्षमा दर्ता भएका हुन् । यस्तै जिल्लामा ३१ वटा बंगुर फर्महरु स्थापना भएको जिल्ला पशुसेवा कार्यालय पाँचथरको तथ्याङ्क छ । यस्तै जिल्लामा १९ वटा बाख्रापालन फर्महरु स्थापना भएका छन् । गत आर्थिक वर्षमा मात्रै ८ ओटा बाख्रापालन फर्महरु स्थापना भएको कार्यालयका प्राविधिक निरज भट्टराईले बताए ।

पाँचथरमा २९ वटा कुखुरापालन फर्महरु दर्ता भएका छन् । अधिकांश फर्महरु बोइलर कुखुरा पालनका लागि स्थापना भएका छन् । जिल्लामा सबैभन्दा कम चौरीपालनको १ र भेडापालनको १ फर्म स्थापना भएको कार्यालयको तथ्याङ्क छ । तर, जिल्लामा परम्परागत तथा व्यवसायिक रुपमा चौरी र भेडा पालन गर्ने कृषकहरुको संख्या भने दर्जनौँ रहेको छ । उनीहरु पशुपालनमै निर्भर भए पनि फर्महरुलाई जिल्ला पशुसेवा कार्यालयमा दर्ता गराएका छैनन् ।

यस्तै जिल्लामा ६ वटा व्यवसायिक डेरी उद्योग स्थापना भएको कार्यालयको तथ्याङ्क छ । तर, जिल्लामा डेरी उद्योगको संख्या भने कार्यालयमा दर्ता भएका फर्महरु भन्दा कयौ गुणा बढि रहेको बताइन्छ । डेरी उद्योगबाट दुध, दही, घिउ, पनिर, छुर्पी, ललीपपलगायत सामग्री उत्पादन हुने गरेका छन् ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट