बिरामी दिलीपलाई भेट्न उनको घर पुगिन् प्रियंका (तस्बिरसहित)

प्रकाशित मिति: २० भाद्र २०७४, मंगलवार

नयाँ दिल्ली । बलिउड अभिनेत्री प्रियंका चोपडा सोमबार साँझ चर्चित अभिनेता दिलीप कुमारलाई भेट्न उनको घर गएकी छन् ।

भेटघाटपछि प्रियंकाले दिलीपसँग भेट भएका तस्बिर सामाजिक संजालमा पोस्ट गर्दै पहिलेभन्दा अहिले दिलीप स्वस्थ रहेको बताएकी छन् ।

केही दिन अगाडि किंग शाहरुख खान पनि दिलीपलाई भेट्न उनको घर गएका थिए । विगत केही समयदेखि ९४ वर्षीय चर्चित अभिनेता दिलीप कुमार बिरामी छन् ।

उनलाई अस्पताल पनि भर्ना गरिएको थियो । उनी अहिले आफ्नै घरमा आराम गरिरहेका छन् । तस्बिरमा प्रियंका र दिलीपसँगै सायरा बानो पनि देखिएकी छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट