खेलकुद राष्ट्रिय प्रतिभा सम्मानबाट ८ खेलाडी सम्मानित

प्रकाशित मिति: २० भाद्र २०७४, मंगलवार

राजेश थापा मगर

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले विभिन्न ७ खेलका ८ जना खेलाडीलाई खेलकुद राष्ट्रिय प्रतिभा सम्मान– २०७४ बाट सम्मानित गरेको छ ।

खेलाडीसहित २ प्रशिक्षक र १ राष्ट्रिय खेल संघलाई पनि नगदसहित सम्मान गरेको हो । सम्मानित हुने खेलाडीमा एथ्लेटिक्सका हरिकुमार रिमाल, फुटबलका किरण चेम्जोङ, पारा तेक्वान्दोकी सीता भण्डारी, जुडोकी ममिता श्रेष्ठ प्रधान, आर्चरीका जितबहादुर मोक्तान, ब्याडमिन्टनकी नङ्शल तामाङ तथा भलिबलका इमबहादुर राना मगर र प्रतिभा माली रहेका छन् ।

भलिबलका दुवै खेलाडीले समान रु ५०/५० हजार तथा बाँकीले जनही १ लाख रुपैयाँसहित सम्मानपत्र प्राप्त गरे । सम्मानित प्रशिक्षक ब्याडमिन्टनका किरण थापा र करातेका दीपक श्रेष्ठले जनही १ लाख रुपैयाँसहित सम्मानपत्र पाएका थिए । उत्कृष्ट खेल संघका रुपमा सम्मान गरिएको नेपाल भारोत्तोलन संघलाई पनि रु १ लाख दिइएको थियो ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट