लोकसेवाले अबदेखि बैंकिङ प्रणालीबाट दस्तुर बुझ्ने

प्रकाशित मिति: १९ भाद्र २०७४, सोमबार

काठमाडौं, १९ भदौ । लोकसेवा आयोगले अबदेखि बैंकिङ प्रणालीबाट दरखास्त फारामको दस्तुर बुझ्ने भएको छ । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार यसै आवदेखि बैंकिङ प्रणालीबाट परीक्षार्थीको दरखास्त फारामको दस्तुर लिने व्यवस्था गरेको हो ।

उनले उपत्यका बाहिरबाट फारम भर्ने परीक्षार्थीका लागि भने बैंकबाट दस्तुर बुझ्ने व्यवस्था नगरिएको बताए । आयोगले ग्लोबल आइएमई बैंकमार्फत अनलाइन फाराम भरेका परीक्षार्थीको रकम लिने जनाएको छ । परीक्षार्थीले अनलाइनबाट फाराम भरेपछि मास्टर कोड लिएर बैंकबाट दस्तुर बुझाउन सक्ने छन् ।

आयोगले ग्लोबल बैंकका काठमाडौंमा रहेका १३ वटा शाखाबाट रकम बुझ्ने व्यवस्था गरेको छ । यसअघि अनलाइनमार्फत फाराम भरे पनि परीक्षार्थीले उपत्यकाका लागि आयोगको केन्द्रीय कार्यालय र उपत्यकाका बाहिर क्षेत्रीय कार्यालय, अञ्चल कार्यालय र हुलाकबाट फारामको दस्तुर बुझ्ने व्यवस्था गरेको थियो ।

यसअघि अनलाइनमा फाराम भरे पनि आयोगमा दस्तुर बुझाउन परीक्षार्थीले लाइन नै लाग्नु पर्ने बाध्यता थियो ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट