पत्नीलाई हैन हनीप्रीतलाई भेट्न चाहन्छन् राम रहीम

प्रकाशित मिति: १९ भाद्र २०७४, सोमबार

नयाँ दिल्ली । बलात्कार मुद्दामा २० वर्षको सजाय काटीरहेका भारतका चर्चित गुरु राम रहीमले जेल प्रशासनलाई उनले भेट्न चाहेका १० जनाको नाम दिएका छन् । उक्त नाम लिस्टमा राम रहीमले आफ्ना निकट व्यक्तिहरुको मात्र नाम दिएका छन् ।

जसअन्तर्गत सबैभन्दा पहिले उनले हनीप्रीतको नाम लेखेका छन् । यस्तै लिस्टमा राम रहीमले आफ्नी आमा, दुई छोरी र ज्वाई, छोरा बुहारी र डेराका अन्य सदस्यहरुको नाम जेल प्रशासनलाई दिएका छन् । उनले आफ्नी पत्नी हरजीत कौरको नाम भने दिएका छैनन् । बलात्कार मुद्दामा हाल राम रहीम रोहतकको सुनारिया जेलमा सजाय भोगी रहेका छन् ।

उनलाई मालीको काम दिइएको छ भने उक्त काम गरे बापत उनले भारतीय रुपैयाँ ४० पाउँने गर्दछन् । सन् २००९ मा हनीप्रीतलाई राम रहीमले धर्मपुत्री बनाएका थिए । हनीप्रीतलाई आफूसँगै जेलमा राख्न राम रहीमले गरेको मागलाई जेलका अधिकारीहरुले अस्वीकार गरेका थिए । राम रहीमले हनीप्रीतसँग भेट्ने ईच्छा गरे पनि हाल हनीप्रीत फरार रहेकी छन् ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट