सामान्य विवादमा साथीको हत्या

प्रकाशित मिति: १९ भाद्र २०७४, सोमबार

मेलम्ची, १९ भदौ । गएराति सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-३ पाल्चोकमा अध्याधिक मादक पदार्थ सेवन गरेका दुर्इ जना साथीबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ ।

जयबागेश्वरी माध्यमिक विद्यालयको निर्माणाधीन भवनमा काम गर्ने सुजन चौधरी र विशाल चौधरीबीच मादक पदार्थ सेवनपछि सामान्य विवाद भएको थियो । विवादपछि बर्दिया जिल्ला बारा बर्दिया नगरपालिका-७ घर भएका १८ वर्षीय सुजन चौधरीले हम्मरले टाउकोमा हान्दा सोही स्थानका २० वर्षीय विशाल चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।

इप्रका मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाका अनुसार अभियुक्त सुजनले आफूले विशालको हत्या गरेको स्वीकारेका र हत्यामा प्रयोग गरिएको हम्मर प्रहरीले बरामद गरेको छ। मेलम्ची स्वास्थ्य केन्द्रमा परीक्षणका लागि ल्याइएको विशालको शव आफन्त आएपछि जिम्मा लगाइने प्रहरीले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट