काठमाडौंमा चीनबाट ल्याइएको ८८ किलो सुनसहित एकजना पक्राउ

प्रकाशित मिति: १९ भाद्र २०७४, सोमबार

काठमाडौं, १९ भदौ । केरुङ नाका हुँदै चीनबाट काठमाडौं पुर्याइएको ८८ किलो सुनसहित एकजनालाई प्रहरीले काठमाडौंको क्षेत्रपाटीबाट पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले क्षेत्रपाटीस्थित एक पार्किङमा राखिएको एक गाडीबाट ८८ किलो सुन बरामद गरेको हो । प्रहरीले आइतबार राति १० बजेदेखि नै क्षेत्रपाटीस्थित एक पार्किङमा सुन रहेको सूचनाका आधारमा रातभरि निगरानी गरेको थियो ।

टाटा कम्पनीको बा १७ च ७४२७ नम्बरको स्ट्रोम गाडीमा उक्त सुनसहित गाडीका चालक मनोज अधिकारी र एकजना चिनियाँ नागरिक पनि पक्राउ परेको महानगरीय प्रहरी कार्यालय प्रहरी प्रमुख जयबहादुर चन्दले जानकारी दिए । चिनियाँ नागरिकले ८८ किलो सुन काठमाडौं पुर्याएको प्रहरी स्रोतले बताए पनि उक्त चिनियाँ नागरिकको बारेमा भने प्रहरीले कुनै विस्तृत विवरण दिएको छैेन ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट