किन कहिले नुहाउँदैनन् यहाँका महिलाले? (तस्बिररसहित)

प्रकाशित मिति: १८ भाद्र २०७४, आईतवार

कुनैना । राम्रो स्वास्थ्य अनि सुन्दर शरीरका लागि हामी सबै दिनहुँ जसो नुहाउने गर्छौ । डाक्टरहरुका अनुसार प्रत्येक दिन नुहाउनाले विविध प्रकारका रोगबाट बच्न सकिन्छ । आज हामी तपाईलाई यस्तो चलनको बारेमा बताउँदै छौ जहाँका महिलाहरुले कहिले पनि नुहाउँदैनन् ।

अफ्रिकाको उत्तरी नामीबियाको कुनैना प्रान्तका महिलाहरुले आफ्नो जीवनभरमा कहिले नुहाउँदैनन् । तर पनि उनीहरु अफ्रिकाका सबैभन्दा सुन्दर महिला मानिन्छन् । कुनैना प्रान्तका हिम्बा जनजातिमा करिब ५० हजार मानिसहरु बस्दै आएका छन् । हिम्बा ट्राइबका यी महिलाहरुलाई अफ्रिकाका सबैभन्दा सुन्दर महिलाहरु मानिन्छ । तपाईलाई सुनेर अचम्म लाग्ला कि यी महिलाहरुलाई कहिले पनि नुहाउने अनुमति हुदैन । नुहाउँन मात्र नभएर यहाँका महिलाहरुलाई पानीले हात धुन समेत मनाही छ । यति हुँदा पनि यी महिलाहरुले आफ्नै तरिकाले आफूलाई सफा राख्दै आएका छन् ।

हिम्बाका यी महिलाहरुले नुहाउन प्रयोग गरिने जडीबुटीलाई पानीमा उमालेर उक्त पानीको बाफले आफूलाई फ्रेस राख्ने गर्दछन् । उनीहरुले शरीरबाट आउने दुर्गन्धलाई हटाउन यस्तो गर्दै आएका हुन् । यी जडीबुटीको प्रयोगले न नुहाउँदा पनि शरीरलाई स्वच्छ र राम्रो बास्ना दिने गर्दछ । यसका साथै यहाँका महिलाहरुले सूर्यका किरणबाट बच्न जनावरहरुरको बोसो र हैमाटाइटको धूलो मिसाएर एक लोसन बनाउँछन् । यो लोसनलाई उनीहरुले आफ्नो पूरै शरीरमा लगाउँछन् । हैमाटाइट धूलोका कारण उनीहरुको शरीर रातो हुने हुँदा उनीहरुलाई रेड म्यानका नामले पनि चिनिन्छ । यो लोसनले उनीहरुलाई किरा फट्यांग्राबाट पनि जोगाउँछ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट