प्रहरीद्वारा अवैध भारु कारोबार गर्नेलाई सार्वजनिक

प्रकाशित मिति: १८ भाद्र २०७४, आईतवार

काठमाडौं, १८ भदौ । सर्वसाधारणलाई ठगी गर्ने गरेको सूचनाका आधारमा पछ्याउँदै गएको प्रहरीले दुई जना अवैध भारतीय रुपैयाँ कारोबार गर्नेलाई शनिबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

प्रतिबन्धित एक हजार र पाँच सय दरका भारतीय रुपैयाँको कारोबरमा संलग्न भएका उनीहरुलाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाले बाँकेका कृष्णकुमारी शर्मा र गोरखाका अर्जुन भण्डारीलाई कामनप–१५ अन्नपूर्ण चोकमा पक्राउ गरेको हो । प्रहरीले उनीहरुबाट ६८ लाख २० हजार भारु बरामद गरेको जनाएको छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट