माओवादीको सचिवालय बैठक वीरगञ्जमा सुरु

प्रकाशित मिति: १७ भाद्र २०७४, शनिबार

वीरगञ्ज, १७ भदौ । माओवादी केन्द्रको सचिवालय बैठक वीरगञ्जमा सुरु भएको छ । प्रदेश नम्बर २ को निर्वाचनमा पहिलो पार्टी बन्ने लक्ष्य लिएर मैदानमा उत्रिएको माओवादी केन्द्रको आजको बैठकले उम्मेदवारहरुको टुंगो लगाउने बताइएको छ ।

निर्वाचन नजिकिएसँगै माओवादीका अध्यक्ष प्रचण्डलगायतका नेताहरु मधेसका जिल्लाहरुमा घुम्न व्यस्त छन् । मधेसलाई निकै प्राथमिकता दिएको माओवादीले बैठक पनि मधेसमै राखेको हो । यही बैठकका लागि काठमाडौंमा रहेका अधिकांश नेताहरु वीरगञ्ज आएका हुन् ।

माओवादीले मधेसमा आफू शक्तिशाली भएको र निर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ प्रकाश, रामबहादुर थापा बादल, वर्षमान पुन, उपप्रधानमन्त्री कृष्णबहादुर महरा, गृहमन्त्री जनार्दन शर्मा प्रभाकर, शहरी विकास मन्त्री प्रभु साह, गोपाल किराती, देवेन्द्र पौडेल लगायत ९४ सचिवालय सदस्यहरुको बैठकमा सहभागिता रहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट