मुस्लिम समुदायले आज इदुल अजहा मनाउँदै

प्रकाशित मिति: १७ भाद्र २०७४, शनिबार

कपिलवस्तु, भदौ १७ । आज मुस्लिम धर्मावलम्वीहरुले दोस्रो ठूलो पर्व इदुल अजहा अर्थात बकरिद मनाउँदै छन् । कपिलवस्तु, तौलिहवा, चन्द्रौटा, कृष्णनगर, मर्जादपुर, पकडी, अभिरावलगायतका जिल्लाहरुमा रहेका मुस्लिमहरुले मस्जिदमा गई सामुहिक नमाज पढेर एक आपसमा शुभकामना आदान प्रदान गर्दै बकरिद मनाउँदै छन् ।

अल्लाहले सबैभन्दा प्यारो वस्तु कुरवानी मागे पछि नवि ईब्राहिम अलि सलामले आफ्नो प्यारो छोरा ईस्माईलको बली स्वरुप कुरबानी दिन खोज्दा अल्लाह खुशी भई ईस्माईलको ठाउँमा दुम्बा अर्थात् भेडाको कुरबानी गरेको मुस्लिम धार्मिक ग्रन्थमा उल्लेख छ । त्यसै जनविश्वास स्वरुप ईदुल अजहाको नमाज पढी सके पछि उनीहरु आआफ्नो घर गई आफ्नो क्षमता अनुसारको कुरबानी अर्थात् बली दिने गर्दछन् ।

कपिलवस्तुका मुस्लिमहरुले अल्लाहले दुम्बाको कुरबानी लिएर ईस्माइललाई बचाएको पवित्र दिनको रुपमा उनीहरुले आजको दिनलाई स्मरण गर्दै घर घरमा खसी, भेडा, रांगा एवं पाठी बली दिएर कुरबानी मनाई रहेका छन् । प्रसादको रुपमा कुरबानीको मासु ३ भाग पहिलो भाग गरीबहरुको दोस्रो भाग साथीभाई का लागि र तेस्रो भाग परिवारमा राखेर खाने चलन छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट