४० वर्षीया नागरिकको करेन्ट लागेर मृत्यु

प्रकाशित मिति: १६ भाद्र २०७४, शुक्रबार

झापा, १६ भदौ । सेलर राईस मिलको उपकरण बनाउने क्रममा बिहीबार साँझ झापाको मेचीनगरमा करेन्ट लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ ।

काँकरभिट्टा इलाका प्रहरी कार्यालयले भारत किशनगञ्जका ४० वर्षीया सोम हास्दाको मेचीनगर– १० स्थित ओम शिव सेलर राईस मिलको उपकरण बनाउने क्रममा करेन्ट लागेर मृत्यु भएको जनाएको छ ।

प्रहरी नायब उपरीक्षक टंक भट्टराईले करेन्ट लागेर गम्भीर घाइते भएका भारतीय नागरिक हास्दालाई उपचारका लागि बिर्तामोडतर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको बताए ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट