हिन्दू राष्ट्र र राजतन्त्रको नाराका आधारमा पार्टी संगठन विस्तार गर्छाै : कमल थापा

प्रकाशित मिति: १६ भाद्र २०७४, शुक्रबार

बाँके, १६ भदौ । दुई चरणमा हुने भनिएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई आफ्नो दलले उच्च महत्व दिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बताएका छन् ।

पार्टीको नेपालगन्ज बाँके जिल्ला कार्यसमितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले राष्ट्रवादी शक्ति र आत्मसमर्पणवादी शक्तिको टकराव नेपालको राजनीतिमा अझै अन्त्य हुन नसकेको धारणा राखे । उनले आफ्नो दलले हिन्दू राष्ट्र र राजतन्त्रको नारालाई नछाडेको र यही एजेण्डाका आधारमा पार्टी संगठन विस्तार गरिने स्पष्ट पारे ।

अध्यक्ष थापाले पार्टी फुट्नु दुःखद भए पनि यसलाई आफूले अवसरका रुपमा लिएको बताउँदै पार्टीभित्रको आन्तरिक विवादलाई बहाना बनाएर पार्टी फुट्दै जाने हो भने कुनै पनि पार्टी टिक्न नसक्ने बताए ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट