बाढी प्रभावित २३ जिल्लामा टेलिकमले निःशूल्क प्रिपेड सिम दिँदै

प्रकाशित मिति: १५ भाद्र २०७४, बिहीबार

काठमाडौं, १५ भदौ । बाढी प्रभावित २३ वटा जिल्लामा नेपाल टेलिकमले निःशूल्क जिएसएम प्रिपेड सिम कार्ड वितरण गर्ने भएको छ ।

टेलिकमले झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, सिन्धुली, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा रु ५० को ‘टक भ्यालु’ सहितको प्रिपेड सिम वितरण गरिरहेको छ । टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी प्रभावित क्षेत्रका ग्राहकका लागि यो सेवा उपलब्ध गराएको जानकारी दिइन् ।

वितरण गरिएको सिम कार्डबाट कम्पनीको नेटवर्कभित्र थप ५० मिनेट बराबरको निःशूल्क कल गर्ने सुविधासहितको सिम निःशूल्क वितरण भइरहेको टेलिकमले जनाएको छ । भदौ १२ गते देखि २६ गतेसम्म यो सुविधा जारी रहने कम्पनीले जनाएको छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट