संकटा मन्दिर (एक शब्द चित्र)

प्रकाशित मिति: १५ भाद्र २०७४, बिहीबार

काठमाडा, १५ भदौ । संकटा मन्दिर संकटा देवीको प्रसिद्ध मन्दिर हो । यो मन्दिर टेबहाल न्यूरोड काठमाडौंमा अवस्थित छ । संकटा मन्दिरको पहिलो तल्लामा संकटा देवी अवस्थित छन् भने तल्लो तलामा करुणामई अवस्थित छन् । हिन्दु धर्मावलम्बीहरुले संकटालाई दूर्गाको रुप मान्ने गर्दछन् ।

बुद्ध धर्मावलम्बीहरु यसलाई पद्मानट भैरवका रुपमा श्रद्धापूर्वक हेर्ने गर्दछन् । खासगरी शनिबारको दिन संकटा मन्दिरको दर्शन गरी पूजाआजा गरेमा आफूमा आई परेका संकट हट्ने, कार्य सिद्धी हुने, रोग ब्याधी नलाग्ने जन विश्वास छ ।

भक्तजनहरुले शनिबारको दिन संकटा, महाकाल र लुमदीको दर्शन गर्ने प्रचलन छ । मल्लकालीन राजा नरेन्द्र देवको पालामा एकजना बुद्धिष्ट गुरु बन्धुरत्न बज्रचार्यले तान्त्रिक विधिबाट संकटा र योगिनीलाई बोलाएका र त्यस बेलादेखि नै यहाँ पूजा गर्न सुरु गरिएको इतिहासमा उल्लेख छ ।

संकटा मन्दिरको निर्माण भने राजा गुणाकामा देवको पालामा भएको थियो । आजसम्म पनि प्रत्येक १२ वर्षमा संकटा र योगिनी चोभारका बीचमा संयुक्त रुपमा पूजा गर्ने प्रचलन छ । इतिहासकारहरुका अनुसार संकटालाई आसामको कमरवया भन्ने ठाउँबाट यहाँ ल्याएर स्थापित गरिएको हो ।

 

 

                                                                                                                                                (तस्बिर : हेम राई)


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट