सक्रान्ति बजारस्थित प्राथमिक स्वास्थ्य केन्द्रद्वारा एम्बुलेन्स सेवा संचालन

प्रकाशित मिति: १५ भाद्र २०७४, बिहीबार

तेह्रथुम, १५ भदौ । दुर्गम क्षेत्रका बासिन्दालाई लक्षित गरी तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र सक्रान्ति बजारस्थित प्राथमिक स्वास्थ्य केन्द्रले एम्बुलेन्स सेवा संचालन गरेको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष दीपेश सिटौलाले स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्था महाशाखाको अनुदानमा एम्बुलेन्स प्राप्त भएपछि सेवा सुचारु गरिएको जानकारी दिए । एम्बुलेन्स नभएर यहाँका बासिन्दाले भाडाका सार्वजनिक सवारी रिजर्भ गर्नुपर्ने वा स्ट्रेचर, डोकोमै बोक्नुपर्ने बाध्यता हटेको छ ।

एम्बुलेन्स सेवा सूचारु भएसँगै यस क्षेत्रका बासिन्दाले समयमै सुविधायुक्त स्वास्थ्य सेवा पाउँने छन् भने एम्बुलेन्सको अभावमा अकालमै ज्यान गुमाउनु पर्ने अवस्थाको समेत अन्त्य भएको छ । तेह्रथुमको आठराई र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका बासिन्दाले समेत प्राथमिक स्वास्थ्य केन्द्रले सञ्चालन गरेको एम्बुलेन्समार्फत सेवा पाउँने भएका छन् । आफ्नो गाउँ ठाउँमा एम्बुलेन्स सेवा सुरु भएपछि स्थानीयहरु निकै हर्षित बनेका छन् ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट