पति-पत्नी दुवै जनाले गरे आत्महत्या

प्रकाशित मिति: १५ भाद्र २०७४, बिहीबार

काभ्रे, १५ भदौ । गएराति करिब पौने १ बजेको समयमा काभ्रेको पनौती नगरपालिका-५ मा पति-पत्नी दुवै जनाले आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमा ३५ वर्षीय दीपक केसी र उनकी २९ वर्षीया पत्नी सलिना केसी रहेका छन् । प्रहरीले घरायसी विवादका कारण उनीहरुले आत्महत्या गरेको हुन सक्ने अनुमान गरेको छ ।

काभ्रेका प्रहरी प्रमुख सहकुल थापाका अनुसार गतराति आत्महत्या गरेका उनीहरुको शव पतिले विष सेवन गरेको र पत्नी झुण्डिएको अवस्थामा भेटिएका थिए ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट