सरकारद्वारा दाङका बाढीपीडितलाई राहत वितरण

प्रकाशित मिति: १४ भाद्र २०७४, बुधबार

दाङ, १४ भदौ । दाङमा बाढी र डुबानबाट पीडित बनेकाहरुलाईलाई सरकारले राहत वितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठका अनुसार पहिलो दिन पूर्णरुपमा घर भत्किएकालाई प्रतिघर रु १० हजार र विस्थापित परिवारमा प्रतिव्यक्ति रु २ हजार एकसयका दरले एक सय ९ घरपरिवारलाई रु २१ लाख ४२ हजार १०० वितरण गरिएको हो ।

सरकारले बाढी र डुबानबाट पीडित बनेकालाई रु ४० लाख राहत रकम पठाएको थियो । बाढी र डुबानले जिल्लामा अहिलेसम्म ७ जनाको मृत्यु र २ सय ९३ घर पूर्णरुपमा भत्किएका कारण एक हजार ८२ जना विस्थापित भएका छन् ।

राजपुर गाउँपालिकामा १६ वटा घरका ७३ जनालाई ३ लाख १३ हजार ३ सय, लमही नगरपालिकामा २३ घर र १ सय ३ जनालाई रु ४ लाख ४६ हजार ३ सय, दंगिशरण गाउँपालिकामा ३३ घर र १ सय ५६ जनालाई रु ६ लाख ५७ हजार ६ सय वितरण गरिएको उनले बताए । यस्तै, बबई गाउँपालिकामा ३७ घर र १ सय ६९ जनालाई रु ७ लाख २४ हजार ९ सय वितरण गरिएको छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट