अत्याधिक पेट दुखेका कारण डा. गोविन्द केसी अस्पताल भर्ना

प्रकाशित मिति: १३ भाद्र २०७४, मंगलवार

काठमाडौं, १३ भदौ । सोमबारदेखि अत्याधिक पेट दुखेका कारण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको बेड नम्बर ५०१ मा प्रा. डा. गोविन्द केसीलाई भर्ना गरिएको छ ।

गतसाता बाढीपीडितको उपचारका लागि बिरामी हुँदाहुँदै डा. केसी सप्तरी गएका थिए । सप्तरीमा पनि उनको स्वास्थ्य अवस्था खराब भएपछि स्लाइन चढाइएको थियो ।

उपचारमा संलग्न चिकित्सकहरुले खाना नखाएर शरीर कमजोर भएकाले बिरामी भएका डा. केसीलाई सिभिएर ग्यास्ट्राइसिस हुन सक्ने आशंका गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट