आज नेपाल र बंगलादेशको भलिबल टोलीले मैत्रीपूर्ण खेल खेल्ने

प्रकाशित मिति: १३ भाद्र २०७४, मंगलवार

काठमाडौं, भदौ १३ । नेपाल भलिबल संघको निमन्त्रणामा दुईवटा मैत्रीपूर्ण खेल खेल्न नेपाल आएको बंगलादेशी राष्ट्रिय भलिबल टोलीले आज नेपाल विरुद्ध पहिलो खेल खेल्दैछ । खेल लगनखेलस्थित आर्मीको कभर्डहलमा  दिउँसो २:३० बजे सुरु हुनेछ ।

खेलपूर्व सोमबार भएकोे पत्रकार सम्मेलनमा नेपाली टिमका प्रशिक्षक जगदिश भट्टले नेपाल र बंगलादेशको स्तर समान भएकोले सकारात्मक नतिजा निकाल्न प्रयास गर्ने बताए । साथै यो मैत्रिपुर्ण खेलले टिमको स्तर बढाउन सहयोग गर्ने समेत बताए । त्यस्तै नेपाली टिमका कप्तान इम रानाले समान स्तरका टिम भएकोले बंगलादेश विरुद्धको खेलमा जित हासिल गर्न कठिन नहुने बताए ।

नेपालले सेन्ट्रल जोनमा बंगलादेशसँग ब्यहोरेको हारको बदला समेत यस खेलमार्फत लिने प्रयास गर्ने इमले बताए । बंगलादेशका इरानी प्रशिक्षक अली पोअर एरोजीले नेपालसँग खेल्न पाउनु सुखद अनुभवको रहेको बताउँदै जित्ने प्रयास गर्ने बताए । बंगलादेशका कप्तान मोहमद इमरान हैदरले मैत्रीपूर्ण खेलको लागि पर्याप्त तयारी गर्न नपाए पनि खेल आफ्नो पक्षमा पार्न कोसिस गर्ने बताए । नेपाल र बंगलादेशबीच पछिल्लो तीन खेलमा नेपालले दुईमा जित र एकमा हार ब्यहोरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट