आफ्नो शिशुको यौनांग किन काटिन् यी महिलाले ?

प्रकाशित मिति: १२ भाद्र २०७४, सोमबार

चीनमा एक हृदयविदारक घटना घटेको छ । चीनकी एक महिलाले आफ्ना पतिसँग बदला लिनका लागि आफ्नै छोराको यौनांग काटिदिएकी छन् । निकै गोप्य राखिएको चीनको उक्त घटनामा कसैको नाम खुलाइएको छैन । चीनको एक वेबसाइटका अनुसार चीनमा हालै एक महिलाले आफ्ना पति र उसको परिवारसँग बदला लिनका लागि आफ्नै बच्चाको संवेदनशील अंग (यौनांग )काटेकी हुन् ।

खबरका अनुसार केही वर्ष पहिला ती महिला आफ्ना पतिलाई छोडेर अर्काे विवाह गरेकी थिइन् । एक दिन अचानक ती महिला आफ्ना पहिलाको पतिको घरमा गइन् र छुराले बच्चाको यौनांग काटिदिइन् । परिवारका सदस्यले तत्काल बच्चालाईृ अस्पताल लगेर गए । डाक्टरका अनुसार बच्चालाई अस्पताल ल्याइँदा उसको धेरै रगत बगी सकेको थियो र उसको अवस्था नाजुक थियो ।

करिब १० दिनको सर्जरीपछि उक्त बच्चाको अवस्था अहिले केही हदसम्म ठीक भएको भए पनि पूर्ण रुपमा स्वस्थ हुन समय लाग्ने डाक्टरले बताएका छन् । अर्काे विवाह गरेर घर छोडेर गइसकेकी महिलाले एक्कासी आएर किन बच्चाको यौनांग काटिन् भन्ने कुरा खुलेको छैन । प्रहरीले घटनाबारे छानबिन गरिरहेको बताएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट