डडेल्धुरामा जंगली बँदेलको आतंक

प्रकाशित मिति: १२ भाद्र २०७४, सोमबार

डडेल्धुरा, १२ भदौ । जिल्लाको ग्रामीण क्षेत्रको जंगलमा बँदेलको संख्यामा वृद्धि भएसँगै डडेल्धुरामा जंगली बँदेलले अन्नबाली खान थालेपछि स्थानीय बासिन्दा चिन्तित बनेका छन् । अजयमेरु गाउँपालिका– १ का लक्ष्मी भण्डारीले आफूले लगाएको अन्नबाली वर्षेनि बँदेलले नष्ट गर्दा बजारबाट चर्को मूल्यमा अनाज खरिद गर्नुपर्ने बाध्यता रहेको बताए ।

जंगली बँदेलले जिल्लाको अमरगढी नगरपालिका, अजयमेरु गाउँपालिका, भागेश्वर गाउँपालिका, नवदुर्गा गाउँपालिकालगायतका गाउँपालिकाका विभिन्न गाउँमा लगाएको अन्नबाली खाएर क्षति गर्ने हुँदा स्थानीयहरु मारमा परेका छन् । स्थानीयहरुका अनुसार बँदेलले मकै, भटमास, कोदोलगायत तरकारी बाली खाएर क्षति गर्नुका साथै धानबालीलाई पनि नष्ट गर्न थालेका छन् ।

स्थानीय जीत पार्कीले मुख्यबालीका रुपमा वर्षामा मकै लगाउने भए पनि बँदेलले लगाएको सम्पूर्ण मकै नष्ट गरिदिएपछि परिवार कसरी पाल्ने भन्ने चिन्ता बढेको बताए । जिल्ला कृषि विकास कार्यालयमा बाँदर र बँदेलले बालीनालीमा क्षति पु¥याएको भन्दै किसानहरुले क्षतिपूर्तिको माग गर्दै निवेदन दिन थालेका छन् । जिल्ला वन कार्यालय डडेल्धुराले क्षतिको प्रकृति हेरेर बढीमा रु १० हजारसम्म क्षतिपूर्ति दिइने जनाएको छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट