विद्युत् चुहिएर करेन्ट लाग्दा एक जनाको मृत्यु

प्रकाशित मिति: १२ भाद्र २०७४, सोमबार

मेलम्ची, १२ भदौ । आइतबार आफ्नै घरमा विद्युत् चुहिएर करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका- १ भोटेचौरमा नेपाली सेनाका जवानको घटनास्थलमै मृत्यु भएको हो।

करेन्ट लागरे मृत्यु हुनेमा अछाम जिल्लाको दुर्गा बक्स गणमा कार्यरत ३० वर्षीय शिवराम चौलागार्इ रहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

मेलम्चीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा चौलागाईंको शव परीक्षणपश्चात् आफन्तको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले बताएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट