दशैंमा अग्रीम टिकट बुकिङ खोल्न अन्योल

व्यवसायीले राखे भाडा बढाउनेलगायतका माग

प्रकाशित मिति: ११ भाद्र २०७४, आईतवार

काठमाडौं, ११ भदौ । सरकारले हरेक वर्ष दशैंमा काठमाडौंबाट घर फर्किनेहरुका लागि अग्रीम टिकट बुकिङ खुलाउने गरेकोमा यसवर्ष भने केही समय लाग्ने भएको छ । १५ भदौबाट दशैंमा घर जानेहरुका लागि सार्वजनिक सवारी साधनको अग्रीम टिकट बुकिङ खुला गर्ने यातायात व्यवस्था विभागको तयारी असफल भएको छ ।

भाडा बढाउनेसहित विभिन्न मागहरु अघि सार्दै यातायात व्यवसायीले दशैंका लागि अग्रीम टिकट बुकिङ खुलाउने सरकारको प्रस्तावलाई अस्वीकार गर्दै आफ्ना मागहरु पूरा नभएसम्म टिकट बुकिङ नखुलाउने बताएका छन् । हरेक वर्ष झै यो वर्ष पनि व्यवसायीले उपभोक्ताको हितका लागि भन्दै वैज्ञानिक भाडा समायोजन गर्नेदेखि बसमा छत राख्न पाउनु पर्नेसम्मका माग अगाडी सारेका छन् ।

उनीहरुले २०६९ सालपछि वैज्ञानिक रुपमा भाडा समायोजन नभएकाले अब वैज्ञानिक रुपमा भाडा समायोजन गर्नुपर्ने अडान राखेका छन् । व्यवसायीले बसमा छत नहुँदा यात्रीहरुको झोलालगायतका सामान राख्न समस्या हुने भएकाले सरकारको बससहितको सार्वजनिक यातायातका साधनमा छत राख्न नदिने नियम हटाउन पनि माग गरेका छन् ।

नागढुंगा-कलंकी र नारायणगढ-मुग्लिन सडकलाई गाडी चल्न सक्ने गरी बुकिङ खोल्नुअघि नै सडकहरुको मर्मत गर्न पनि यातायात व्यवसायीले माग गरेका छन् । यातायात व्यवसायीले राखेका मागबारे छलफल गर्न यातायात व्यवस्था विभागले १५ भदौमा सरोकारवालाहरुको बैठक बोलाएको छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट